site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा कवाड कारखानामा आगलागी

काठमाडौं । काठमाडौंको चन्द्रागिरि नगरपालिका–१०, बोसीगाउँस्थित आरएमबी प्लास्टिक प्याकेजिङ हाउस (कवाड कारखानामा)मा शुक्रबार (फागुन २३) आगलागी भएको छ । पुष्पा श्रेष्ठ र रमेश पोदारले संयुक्त रूपमा सञ्चालन गरेको उक्त कारखानामा आगलागी भएको हो । 

आगलागी नियन्त्रणमा प्रहरी वृत्त बालाजु, प्रहरी वृत्त थानकोट, प्रभागबाट ३२ जनाको टोली खटिएको थियो । आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए ।

आगो निभाउन सशस्त्र प्रहरी बल तथा स्थानीय समेत खटिएका थिए । कवाड कारखाना जलेर नष्ट भएको तथा क्षतिको विवरण आउन बाँकी रहेको उनले बताए । आगो निभाउन सात दमकल र १५ पानी ट्यांकर प्रयोग गरिएको थियो ।

आगो निभाउन चन्द्रागिरि नगरपालिका, विशालबजार वारुणयन्त्रको दमकल, बालाजुको वारुणयन्त्र, ललितपुर महानगरपालिकाको दमकल, भक्तपुर नगरपालिकाको दमकल, बौद्ध रामहिटीको दमकल र बूढानीलकण्ठ नगरपालिकाको दमकल प्रयोग गरिएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, फागुन २३, २०८१  ०९:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro