site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भीपीएन अन भए बैंकिङ एप नचल्ने

काठमाडौं । हालसम्म भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) अन भएका मोबाइलमा मोबाइल बैंकिङ चल्दै आएकोमा अब नचल्ने भएको छ । माछापुच्छ्रेलगायत केही बैंकले ग्राहकको सुरक्षालाई मध्यनजर गर्दै यो सेवालाई बन्द गरेका हुन् ।

नेपाल राष्ट्र बैंकको नीतिअनुसार बैंकहरूले यो सेवा बन्द गरेका हुन् । राष्ट्र बैकले बुधबार एक निर्देशन जारी गर्दै ग्राहकको मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङ प्रणाली सञ्चालन वा कारोबार गर्दा भीपीएनको प्रयोग गरे/नगरेको पहिचान गर्न बैंकहरूलाई निर्देशन जारी गरेको थियो । 

सोहीअनुसार माछापुच्छ्रे बैंकले एक सूचना जरी गरी अब यो सेवा बन्द भएको जानकारी दिएको छ । “माछापुच्छ्रे बैंकले पूर्वसावधानीका कदमहरू अवलम्बन गरेको छ र ग्राहकको हितलाई संरक्षण गर्न निःशुल्क भीपीएन प्रयोग भइरहेको बेला यस बैंकबाट सञ्चालित मोबाइल नचल्ने कुरा जानकारी गर्दछौँ,” बैंकबाट जारी सूचनामा उल्लेख छ ।

बैंकबाट उपलब्ध सेवाहरू प्रयोग गर्ने बखत भीपीएन अन भएको खण्डमा अब भीपीएन अफ गरेपश्चात् मात्र चल्ने बैंकले जानकारी दिएको छ ।

डिजिटल माध्यम उपयोगी र सहज हुदाँहुदै पनि डिजिटल कारोबारमा साइबर सुरक्षालाई ध्यान दिइएको बताइएको छ । चुनौतीपूर्ण तथ्यलाई महसुस गर्दै तपाईंहरूको डिजिटल कारोबारको गोपनीयता र सुरक्षा सदैव माछापुच्छ्रे बैंकको मुख्य प्राथमिकतामा रहँदै पनि सूचनामा उल्लेख  छ ।

सुरक्षित डिजिटल बैंकिङ्ग अभ्यासहरू अपनाउन र डिजिटल कारोबार गर्दा सचेत रहन ग्राहकहरूलाई बैंकले आग्रह गरेको छ । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro