site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्रीलाई 'हिट्लर' भनेर प्रश्न गर्ने पत्रकारलाई संसद् प्रवेशमा रोक

काठमाडौं । संघीय संसद् सचिवालयले दुईजना पत्रकारको संसद् प्रवेश पास निलम्बन गरेको छ । महासचिवस्तरीय निर्णयबाट प्रकाश वली र र किशोरकुमार श्रेष्ठको संसद् प्रवेश पास एक महिनाका लागि निलम्बन गरिएको हो ।

वली सुनौलो नेपाल र श्रेष्ठ युवा मन च्यानलका हुन् ।

“संसद् प्रवेश गर्दा पालना गनुपर्ने पत्रकार आचारसंहिता छन् । पालना नगरेकाले एक महिनालाई निलम्बन गर्ने निर्णय भएको हो,” संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले भने ।

प्रधानमन्त्री केपी शर्मा ओली र सांसदहरूलाई प्रश्न गर्दा शब्द चयनमा ध्यान नदिइएको भन्दै निलम्बन गरिएको बताइएको छ । प्रधानमन्त्रीलाई 'हिटलर' भनेर प्रश्न गरेको भन्दै एमाले सांसद सूर्य थापाले संसद्‌मै बोलेका थिए ।

केही समयअघि प्रधानमन्त्री संसद् भवनबाहिर निस्किँदा युट्युबरले समाजिक सञ्जाल नियमनसम्बन्धी विधेयकमा तानाशाही प्रवृत्ति देखाएको भन्दै प्रश्न गरेका थिए ।

“तानाशाही प्रवृत्ति किन होला प्रधानमन्त्रीज्यू ?,” प्रधानमन्त्री निस्किन खोजेपछि प्रश्न गरेका थिए, “जवाफ त दिएर जानुहोस् ।” 

सोही क्रममा प्रधानमन्त्रीलाई 'हिट्लर प्रवृत्तिमा जाँदै हो, सरकार ?' भनी प्रश्न सोधिएको थियो । त्यही विषयमा सांसद थापाले संसद्‌मा आपत्ति जनाएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  ११:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro