site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिकित्सक संघका ३२ अध्यक्षबारेको पुस्तक राष्ट्रपतिबाट विमोचन

काठमाडौं । नेपाल चिकित्सक संघ स्थापनाकालदेखि हालसम्म नेतृत्व गरेका ३२ अध्यक्षहरूको विषयमा लेखिएको पुस्तक ‘चिकित्सक नेतृत्व’ विमोचन गरिएको छ । 

संघ स्थापनाको ७५ वर्षका अवसरमा आज मंगलबार एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उक्त पुस्तक विमोचन गरेका हुन् । पुस्तकमा संघका ३२ अध्यक्षहरूको जीवनी, उनीहरूले गरेका योगदान, संघर्षलगायत विषय समेटिएका छन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले दक्ष एवं विज्ञ चिकित्सक नेपालमै उत्पादन हुनु र स्तरीय उपचार सेवा थालनी हुनु सुखद् पक्ष रहेको बताए । उनले आफूले नेपालमै स्तरीय उपचार सेवाको अनुभव गरेको सुनाए । 

राष्ट्रपति पौडेलले देशमा पर्याप्त जनशक्ति उत्पादन भए पनि त्यसअनुसार अवसर सिर्जना नभएकामा चिन्ता व्यक्त गरे । “देशमा दक्ष जनशक्ति उत्पादन भइरहेका छन् । तर, तिनले पर्याप्त अवसर नपाएको गुनासा आइरहेका छन् । त्यसैकारण चिकित्सकहरू विदेशिने क्रम बढ्न थालेको छ । यो चिन्ताको विषय हो । यसलाई रोक्न सम्बद्ध पक्ष गम्भीर बन्नुपर्छ,” उनले भने ।

संघका अध्यक्ष डा. अनिलविक्रम कार्कीले चिकित्सक संघसँगै नेपालको स्वास्थ्य क्षेत्रमा योगदान गर्ने चिकित्सकको सम्मान र स्मरण दुवै हुने गरी पुस्तक प्रकाशन गरिएको बताए । 

उक्त पुस्तकको सम्पादक प्रवीण ढकालले गरेका हुन् । सम्पादक ढकालले पुस्तकले संघको इतिहाससँगै नेपालको चिकित्सा क्षेत्रको इतिहास संरक्षण, विकासक्रम र योगदानलाई अभिलेखीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

नेपाल चिकित्सक संघ विसं २००७ फागुन २० गते स्थापना भएको हो । वीर अस्पतालमा कार्यरत २० जना चिकित्सकको बैठकले संघको स्थापना गरेको हो । संघको पहिलो अध्यक्षमा डा. सिद्धिमणि आचार्य दीक्षित चयन भएका थिए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  २०:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro