विदेश
काठमाडौं । ह्वाइट हाउसले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेको छ । यो खबर पहिलोपटक अमेरिकी मिडिया आउटलेट ब्लूमबर्गले भनेको छ ।
“युक्रेनका नेताहरूले शान्तिप्रति सद्भावपूर्ण प्रतिबद्धता नजनाएसम्म अमेरिकाले युक्रेनलाई दिँदै आएको सबै सैन्य सहयोग रोक्दै छ,” ब्लूमबर्गले रिपोर्ट गरेको छ ।
यस प्रतिवेदनमा अहिलेसम्म अमेरिकी रक्षा विभाग वा राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनै टिप्पणी गरेका छैनन् ।
ब्लूमबर्गले युक्रेन नपुगेका अमेरिकी सैन्य उपकरणहरू रोकिने बताएको छ । यसमा पोल्यान्ड पुगेका सामानहरू पनि समावेश छन् ।
गतहप्ता ह्वाइट हाउसमा जेलेन्स्की र ट्रम्पबीच भएको चर्को बहसपछि घटनाक्रम द्रूत गतिमा परिवर्तन आएको छ । बीबीसी
प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१ ०८:३७
प्रतिक्रिया दिनुहोस्