site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
घाँटी थिचेर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

सिन्धुली । श्रीमतीको हत्या अभियोगमा एक व्यक्ति पक्राउ परेका छन् । सिन्धुलीको दुधौली नगरपालिका–९ की १७ वर्षीया अनिशा सदाको हत्या आरोपमा उनका श्रीमान् २२ वर्षीय दिनेश सदालाई प्रहरीले आज पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दिनेशले गएराति घरछेउको भान्सामा घाँटी थिचेर श्रीमती अनिशाको हत्या गरेका हुन् । 

घटनाबारे आज बिहान ७ बजे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी दुधौली र इलाका प्रहरी कार्यालय डकाहाबाट घटनास्थलमा गएको संयुक्त टोलीले अभियुक्त दिनेशलाई घरबाटै पक्राउ गरेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा आपसी मनमुटावका कारण श्रीमतीको घाँटी थिचेर हत्या गरेको देखिएको र दिनेशले श्रीमतीको हत्या गरेको भनी स्विकारेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । 

दिनेशलाई इलाका प्रहरी कार्यालय डकाहाको नियन्त्रणमा राखेर अहिले अनुसन्धानको काम भइरहेको छ । घटनास्थलबाट मुचुल्का तयार गरी ‘पोष्टमार्टम’का लागि शव स्थानीय नगरअस्पताल सिर्थौलीमा लगिएको प्रहरीले जनाएको छ । 

करिब १० महिनाअघि दुधौली नगरपालिका–९ लालपुरकी अनिशासँग दिनेशले प्रेम विवाह गरेका थिए ।रासस

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १६:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro