site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
किन बस्न सक्दैन कांग्रेस केन्द्रीय समिति बैठक ?

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसभित्र ‘निर्णय हुन्छ’, तर ‘कार्यान्वयन’ चाहिँ दुरुह बन्छ । यस्तै उदाहरणभित्र पर्छ, केन्द्रीय समितिको बैठक पनि ।

२०८० साउन २ गतेदेखि १० गतेसम्म चलेको केन्द्रीय समितिको बैठकले हरेक दुई महिनामा केन्द्रीय कार्यसमितिको बैठक बस्ने निर्णय लिएको थियो । 

सँगै, आवश्यक परे कार्यसम्पादन समितिको बैठकबाट निर्णय गरी त्यसपछिको केन्द्रीय समिति बैठकमा अनुमोदन गराउने निर्णय गरेको थियो ।

तर, गत असोजयता केन्द्रीय समितिको बैठक बसेको छैन । त्यसरी बैठक नहुँदा केन्द्रीय सदस्यहरू असन्तुष्ट बन्दै छन् ।

तर, विधानमै व्यवस्था नभएको पदाधिकारी बैठक, पूर्वपदाधिकारी बैठक र बाध्यात्मक अवस्थामा कार्यसम्पादन समितिको बैठक चाहिँ निरन्तर छ । यसले नेतृत्ववृत्त विधानभित्र भन्दा बाहिर रमाएको देखाउँछ ।

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर नेतृत्व र पदाधिकारीहरू प्रश्नबाट भाग्न केन्द्रीय समिति बैठकतिर नगएको टिप्पणी गर्छन् ।

“जब नेतृत्वमाथि, पदाधिकारीमाथि प्रश्न हुन्छन्, तब प्रश्नबाट भाग्ने अभ्यास हुन्छ । केन्द्रीय कार्यसमितिको बैठक लामो समय बस्न नसक्नुको मुख्य कारण नै यही हो,” महरले बाह्रखरीसँग भने, “यो सरकार प्रभावकारी हुन सकिरहेको छैन । सरकारमा एमालेको ‘डोमिनेसन’ देखिँदैछ । गठबन्धन संयन्त्रबाट हुने लेनदेनमा कांग्रेसको हात तल परिरहेको छ । त्यसमा जवाफ खोज्नैपर्ने स्थिति छ ।”

त्यसबाहेक एमालेसँग गठबन्धन हुँदा भएका सातबुँदे सहमतिको कार्यान्वयन हुन नसकेका कारण पनि नेतृृत्व र संयन्त्रमा रहेका पदाधिकारीहरूमाथि प्रश्न रहेको उनको भनाइ छ । 

ती सबै विषयमा प्रश्न उठ्छन् भन्ने थाहा पाएपछि बैठक पन्छाइरहेको उनको आरोप छ । 

उनी भन्छ्न, “सात बुँदेमा भनिएजस्तो संविधान संशोधनको प्रक्रिया अघि बढाउने प्रयत्न भएको छैन । सुशासनमा कुनै प्रगति हात परेको छैन ।”

केन्द्रीय सदस्य अजयबाबु सिवाकोटी विधानले व्यवस्था गरेको दुई–दुई महिनामा केन्द्रीय समिति बैठक बस्नेगरी भएको निर्णयसमेत पालना हुन नसकेको बताउँछन् । 

उनी सभापति र पदाधिकारी बसेपछि हुन्छ भन्ने मानसिकताले विधानको व्यवस्थामाथि नै प्रश्न उठाएको बताउँछन् ।  कांग्रेसको अन्तिमपटक बसेको केन्द्रीय समिति बैठकपछि पार्टीको सय दिने अभियान चलाउने निर्णय भयो । 

केन्द्रीय सदस्यहरूले जिल्ला–जिल्लाबाट संकलित रिपोर्ट बुझाउन पाएका छैनन् । गत माघमै केन्द्रीय प्रतिनिधिहरूले सय दिने अभियान सकेका थिए । 

सभापति देउवा निकट केन्द्रीय सदस्यहरू पार्टीको बैठक बस्ने कुरा प्राविधिक विषय मात्र भएको भन्दै त्यसलाई ठूलो विषय मान्नु नपर्ने बताउँछन् । 

केन्द्रीय सदस्य उमेशजंग रायमाझी पार्टी विधानमा भएको विषय पालना गरेर लोकतान्त्रिक विधिबाट चल्छौं भन्ने प्रतिवद्धता गतवर्ष साउनको केन्द्रीय समितिबाट भए पनि पार्टी अलोकतान्त्रिक ढंगले नचलिरहेको बताउँछन् ।

“विधानले तोकेकै समयमा बैठक गर्छौ र ‘डेमोक्रेटिक’ रुपमा पार्टी संचालन गर्छौं भनी गत वर्षको साउनमा पुनः प्रतिवद्धता जाहेर गरिएको हो,” रायमाझीले बाह्रखरीसँग भने, “तर, बैठक त्यसरी हुन सकेन । यो प्राविधिक विषय रहेछ ।” 

पार्टीका विभागहरू चलायमान भएको, सय दिने अभियानमा नेताहरू जिल्ला–जिल्लामा पुगेको, त्यसपछि पनि जिल्ला सम्मेलनसहितमा नेताहरू आमन्त्रित भइरहेका कारण पनि ढिलाइ भएको उनको भनाइ छ । 

“यो कुनै गलत नियतबाट रोकिएको होइन, पार्टीका सबै निर्णय सर्वसम्मत् हुनुले पनि यसलाई प्रस्ट पार्छ,” रायमाझीले भने, “पार्टीका पदाधिकारीहरू बसेर निर्णय गरिरहनुभएकै छ । पार्टीका नियमित काम रोकिएका छैनन् ।” 

उनी पार्टी विधानले नै नचिन्ने पदाधिकारी बैठकलाई अभ्यासबाट स्थापित गरेको बताउँछन् । 

“पदाधिकारी, पूर्वपदाधिकारी बैठक बसेकै छ । त्यहीबाट निर्णय भइरहेका छन्,” उनले भने, “पार्टी विधानले नतोकेपनि अभ्यासले त त्यसलाई वैधानिकता दिएकै छ नि !”

दुई महिनामा बस्ने भनिएको केन्द्रीय समिति बैठक लामो समय नबस्दा पार्टीको क्षयीकण गर्ने नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य गुरुराज घिमिरे बताउँछन् । 

पार्टीका सदस्यहरू बढ्ने, भ्रातृ संस्थाको संख्या पनि बढिरहने तर पार्टी मत निरन्तर घटिरहने कारणहरूमध्ये यो पनि एउटा भएको उनको भनाई छ । 

“०४८ सालमा हाम्रा सीमित भ्रातृ संगठन मात्र थिए । तर, त्यसबेला पार्टीले ३७ प्रतिशत मत प्राप्त गरेको थियो,” घिमिरेले बाह्रखरीसँग भने, “यतिखेर झन्डै दश लाख नजिक क्रियाशील सदस्य छन्, भ्रातृ शुभेच्छुक संस्थाको संख्या चार दर्जन पुग्न लागेको छ । एउटै भातृ संस्थाको केन्द्रीय समितिमा हजार नजिक सदस्य छन् । तर पार्टीले पाउको भोट २७ लाख बाट तल छ ।” 

पार्टीले लिएको नीति आन्तरिक जीवनमा नउतारिनु र नेताहरूका गतिविधिले नागरिकमा विकर्षण बढ्नुले पार्टीलाई क्षति पुर्‍याइरहेको उनेका बुझाई छ । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  २१:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro