site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूकम्पबाट संखुवासभामा दुई घरमा क्षति

किमाथांका (संखुवासभा) । आज बिहान गएको भूकम्पले संखुवासभाको भोटखोला गाउँपालिका र पाँचखपन नगरपालिकामा दुई घर भत्किएका छन् । भोटखोलामा एक र पाँचखपनमा एक घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

सिन्धुपाल्चोकको भैरबकुण्ड आसपास केन्द्रविन्दु भएर बिहान २ः५१ बजे गएको ६.१ म्याग्निच्युडको भूकम्पले भोटखोला–१, किमाथांकाका फुर्पुनावा भोटे र पाँचखपन नगरपालिका–१, नागीडाँडाका लाक्पा दोर्जेको घरमा क्षति पुगेको प्रनाउ बस्नेतले बताए । नावा भोटेको दुईतले टिनको छानो भएको घरमा आंशिक क्षति पुगेको छ । त्यसैगरी  लाक्पाको ढुंगा माटोले बनेको दुईतले घर चिरा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सदरमुकाम खाँदबारी आसपासका क्षेत्रमा भूकम्पको ठूलो धक्का महसुस गरिएको थियो । गत पुस २३ गते चीन प्रान्तको दिंगे काउन्टीमा केन्द्रविन्दु भएर सात रेक्टर स्केलको भूकम्प जाँदा किमाथांकामा एक घरमा क्षति पुगेको थियो । रासस

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro