site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुलीमा गोली लागेर एकजनाको मृत्यु, दुई पक्राउ
प्रतीकात्मक तस्बिर ।

सिन्धुली । सिन्धुलीको घ्याङलेख गाउँपालिका–४, आहालेका ४६ वर्षीय युगबहादुर स्याङ्तानको गोली लागेर मृत्यु भएको पुष्टि भएको छ । रुखबाट लडेर घाइते भएका भनिएका युगबहादुरको उपचारका क्रममा आज मृत्यु भएको थियो ।

बुधबार दिउँसो जंगलमा घाँस काट्ने क्रममा रुखबाट लडी गम्भीर घाइते भएको भनिएका युगबहादुरको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए ।

उनका अनुसार घाँस काट्ने क्रममा रुखबाट लडी गम्भीर घाइते भई केएमसी अस्पताल सिनामंगल काठमाडौंमा लगी उपचार भइरहेको भन्ने सूचना पाएपछि इलाका प्रहरी कार्यालय बस्तीपुरबाट प्रहरी निरीक्षक टीकाराज बरालको कमाण्डमा खटिएको प्रहरी टोलीले घटनाको अनुसन्धान सुरु गरेको थियो ।

प्रहरी उपरीक्षक काफ्लेले भने, “अस्पतालमा उपचार गराइरहेका युगबहादुरको आज बिहान ८ बजे मृत्यु भएको सूचना हामीले पायौँ ।” अनुसन्धानका क्रममा उपचारमा संलग्न चिकित्सकले योगबहादुरको तिघ्रामा गोलीको छर्रा भेटिएको जानकारी दिए ।

घटनाका सम्बन्धमा थप अनुसन्धान गर्न घ्याङलेख गाउँपालिका–४ का २५ वर्षीय बलबहादुर मोक्तान र सोही ठेगाना भएका ४१ वर्षीय लेखबहादुर गोलेलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरीले समन्वय गरी प्रहरीवृत्त गौशाला, काठमाडौंबाट उनीहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए । पक्राउ परेका व्यक्तिहरू घरेलु बन्दुक लिइ सिकार खेल्न जंगल गएकामा निज घाइते युगबहादुर स्याङतानलाई बन्दुकको छर्रा लागेर घाइते भएको र उपचारका लागि काठमाडौं ल्याइएको खुल्न आएको छ । घटनामा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  २१:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro