site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
झापाबाट झोँक्किएर हिँडेका नारायणकाजी सुनसरीको कार्यक्रममा जोडिए

विराटनगर  । नेकपा (माओवादी केन्द्र)को तराई–मधेस जागरण अभियानमा पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पुन: जोडिएका छन् । श्रेष्ठ बिहीबार सुनसरीको बर्जु गाउँपालिकाको शुक्रबारे चोकमा आयोजित सभामा सहभागी भएका छन् । 

झापाको बनियानीमा गत सोमबार उद्घाटन समारोहमा सम्बोधन गर्ने क्रममा कार्यक्रम सञ्चालक छेउमा आएर उभिएपछि श्रेष्ठ झोँक्किएका थिए । त्यहाँबाट हिँडेका उनी चितवन पुगेर त्यहाँ अर्को कार्यक्रममा सहभागी भएका थिए ।

सम्बोधन गरिरहेका श्रेष्ठले नजिकै उभिएका कार्यक्रम सञ्चालक पार्टीका झापा जिल्ला संयोजक राजु आचार्यसँग सवालजवाफ गरेका थिए । यसबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्टीकरण दिँदै घटनालाई सामान्य बनाउन खोजेका थिए ।

श्रेष्ठ अभियानअन्तर्गत मोरङका विभिन्न स्थानमा भएका कार्यक्रममा सहभागी भएनन् । सुनसरीका सभामा अध्यक्ष प्रचण्डसँगै उपाध्यक्ष श्रेष्ठले समेत सम्बोधन गरिरहेका छन् । अभियानमा समाजवादी पार्टीका महेन्द्र राय यादव पनि जोडिएका छन् ।

शुक्रबारेमा आयोजित सभामा बोल्दै अध्यक्ष प्रचण्डले यो अभियान जनताका समस्या बुझ्न र पार्टीको नीति, कमजोरी र कार्यदिशा बुझाउन आयोजना गरिएको बताए ।

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १३:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro