site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कञ्चनपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु
प्रतीकात्मक तस्बिर ।

कञ्चनपुर । कञ्चनपुरमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार एक महिलाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा मोटरसाइकलको पछाडि सवार भीमदत्त नगरपालिका–१८ की २१ वर्षीया निर्मला बोहरा छिन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गतको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिमा ट्रकले मोटरसाइकललाई ठक्कर दिएको थियो । बा ०१००६ ख ३५३७ नम्बरको ट्रकले म १ प ४६५८ नम्बरको मोटरसाईकलाई ठक्कर दिँदा बोहराको मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक झलकप्रसाद शर्माले जानकारी दिए ।

मोटरसाइकल चालक ३० वर्षीय महिमान विष्ट समान्य घाइते भएका छन् । उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको छ । ठक्कर दिने ट्रकका चालक फरार रहेको प्रहरीले जनाएको छ । रासस
 

प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  १२:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro