site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शशि थरुर कांग्रेस छाडेर भाजपा प्रवेश गर्न लागेका हुन् ?

काठमाडौं । विभिन्न कारणले चर्चामा रहने भारतीय लेखक तथा राजनीतिज्ञ शशि थरुर फेरि एकपटक चर्चामा छन् । यसपटक उनी कुनै किताब वा कुनै अभिव्यक्तिका कारण चर्चामा आएका होइनन् । उनले छिट्टै कांग्रेस पार्टी छाड्ने अनुमानका कारण उनी फेरि एकपटक चर्चामा आएका हुन् । 

सन् २००९ मा संयुक्त राष्ट्रको जागिर छाडेर कांग्रेसमा प्रवेश गरेका शशि थरुर लगातार चार कार्यकाल केरलाको तिरुवनन्तपुरमबाट लोकसभा सांसद भइसकेका छन्। 

उनका पछिल्ला केही पोस्ट र वक्तव्यपछि उनी कांग्रेस छाडेर भाजपा प्रवेश गर्न लागेको अड्कलबाजी भइरहेको छ तर उनी स्वयंले भने आगामी कदमका बारेमा केही स्पष्ट पारेका छैनन् । गत हप्ता, शशि थरुरले एक्समा एक पोस्ट गरेका थिए, त्यसपछि उनी र कांग्रेस पार्टीबीच सम्बन्ध ठीक चलिरहेको छैन भन्ने अनुमान गरिएको थियो । 

उनले अंग्रेजी कवि थोमस ग्रेको एउटा भनाइ साझा गरेका थिए, जसको अर्थ हुन्छ– जहाँ अज्ञानता सुख हो, ज्ञानी हुनु मूर्खता हो ।

यसपछि शशि थरुरले लगातार केही न केही पोस्ट गरिरहेका छन् जसको सामाजिक सञ्जालमा पनि चर्चा भइरहेको छ । धेरैले शशि थरुर भाजपामा सामेल भएको दाबी पनि गर्न थालेका छन् ।

उनको कांग्रेस छाड्नेबारे अनुमानहरूले थप गति पायो जब उनले इन्डियन एक्सप्रेसको मलयालम पोडकास्टलाई भने कि यदि उनको सेवा अब (कांग्रेसलाई) आवश्यक पर्दैन भने उनीसँग ‘विकल्प’ छ।

उनले भनेका थिए– पार्टीले प्रयोग गर्न चाहन्छ भने पार्टीका लागि उपलब्ध हुन्छु, होइन भने मेरो आफ्नै काम छ। मसँग अरू विकल्प छैन भन्ने सोच्नुहुँदैन।

शशि थरुरले आफू कुनै पार्टीमा प्रवेश गर्ने कुरा भने स्पष्ट पारेका थिएनन् तर हालै उनले दिएको बयानपछि उनी भाजपासँग नजिक हुँदै गएको अनुमान गर्न थालिएको छ ।

उनले प्रधानमन्त्री नरेन्द्र मोदीको अमेरिका भ्रमणका क्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग गरेको भेटको प्रशंसा गरेका थिए । उनले प्रधानमन्त्री मोदीको भ्रमण निकै राम्रो भएको बताएका थिए । 

थरुरले मंगलबार केन्द्रीय वाणिज्य मन्त्री पियुष गोयल र बेलायतका व्यापार मन्त्री जोनाथन रेनोल्ड्ससँगको सेल्फी सामाजिक सञ्जालमा पोस्ट गरेका थिए । त्यसको क्याप्सनमा उनले उनले लेखेका छन्– लामो समयदेखि रोकिएको एफटीए वार्ता फेरि सुरु भएको छ, जुन स्वागतयोग्य छ।

(बीबीसी हिन्दीबाट भावानुवाद)
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  २१:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro