
काठमाडौं । एएफसी महिला एसियन कप छनोटअन्तर्गत लाओसविरुद्ध खेल्ने नेपाली टिमको सुरुवाती ११ सार्वजनिक गरिएको छ । सुरुवाती ११ मा नियमित कप्तान एन्जिला तुम्बापो सुब्बाको स्थानमा अन्जना रानामगरलाई पोस्ट सम्हाल्ने जिम्मेवारी दिइएको छ ।
टोलीकी मिडफिल्डर रेनुका नगरकोटेको कप्तानीमा सावित्रा भण्डारी, रश्मीकुमारी घिसिङ, सविता राणा मगर, अनिता बस्नेत, सरु लिम्बु, सरस्वती हमाल, समीक्षा घिमिरे, गीता राणा, निशा ठोक्कर र अन्जना राणा मगर छन् ।
वैकल्पिक खेलाडीमा एन्जिला तुम्बाप्पो सुब्बा, उषानाथ मनमाया दमाई, प्रतीक्षा चौधरी, विमला विक, पुजा राना, अमृता जैशी, अनिता बस्नेत, विमला चौधरी, प्रीति राई, सरु लिम्बू,चन्द्रा भण्डारी र रेखा पौडेल छन् ।
खेल नेपाली समयानुसार आज साँझ ६ः१५ बजे हुनेछ ।
छनोटमा नेपाली टिम समूह ‘एफ’ मा छ । यस समूहमा नेपालसँगै लाओस, श्रीलंका र उज्वेकिस्तान छन् । नेपालले छनोटको पहिलो खेलमा जुन २९ मा लाओससँग खेल्नेछ ।
यस्तै, जुलाई २ मा श्रीलंकासँग र जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्नेछ । यस समूहका सबै खेल उज्वेकिस्तानमा हुने तालिका छ ।