site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अर्बौंको ई–पासपोर्ट खरिद प्रतिस्पर्धामा पाँच कम्पनी, कसले मार्ला बाजी ?

काठमाडौं । विद्युतीय पासपोर्ट (ई–पासपोर्ट) खरिद प्रक्रियामा चार देशका पाँच सुरक्षण मुद्रण कम्पनी प्रतिस्पर्धामा सामेल भएका छन् । राहादानी विभागले अघि बढाएको ६४ लाख थान दुई वटा प्याकेज बनाउँदै बोलपत्र आह्वान गरेको थियो । 

पहिलो प्याकेजमा तीन वटा कम्पनी र दोस्रो प्याकेजमा चार वटा अन्तर्राष्ट्रिय कम्पनीले आवोदन दिएका छन् । 

“ई–पासपोर्ट खरिद गर्न दुईवटा प्याकेजमा आह्वान गरिएको बोलपत्रमा चार देशका पाँच कम्पनीले आवेदन दिएका छन्,” राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालले बाह्रखरीसँग भने, “आवेदन दिनेमा दुईवटा जर्मनी, फ्रान्स, पोल्याण्ड र मलेसियाका एक/एक कम्पनी छन् ।” 

Dabur Nepal
NIC Asia

अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा प्याकेज १ मा आवेदन प्रणाली, डेटा व्यवस्थापन तथा प्रशोधन र पासपोर्ट वितरण राखिएको थियो । यस्तै, दोस्रो प्याकेजमा ई–पासपोर्टको खाली पुस्तिका र सोको वैयक्तिकरण समावेश गरिएको थियो । 

अर्थ मन्त्रालयले परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागलाई पाँच वर्षमा ६४ लाखथान ई–पासपोर्ट खरिद तथा छपाइ गर्न करिब १२ अर्ब रुपैयाँको स्रोत तथा बजेट सहमति प्रदान गरेको थियो । त्यसपछि विभागले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो, जसमा पाँच कम्पनीले आवेदन दिएका छन् ।

विभागले गत शुक्रबार बोलपत्र खोलेको थियो । खोल्दा प्याकेज १ का लागि ३ वटा र प्याकेज २ का लागि ४ वटा आवेदन परेको पाइएको हो । विभागका महानिर्देशक अर्यालका अनुसार, पहिलो प्याकेजका लागि आवेदन दिने तीन कम्पनीमा मलेसियाको आईआरआईएस कर्पोरेसन बर्हाड, फ्रान्सको आईडीईएमआईए र जर्मनीको मुहलबाउर ग्रुप छन् ।

यस्तै, दोस्रो प्याकेजका लागि आवेदन दिनेमा अन्तर्राष्ट्रिय कम्पनीमा फ्रान्सको आईडीईएमआईए, जर्मनीको मुहलबाउर ग्रुप, पोल्याण्डको पोल्स्का वाइटवोर्निया पापिरो वार्टोसियोविच एस.ए. र जर्मनीको भेरिडोस छन् । फ्रान्सको आईडीईएमआर्ईए र जर्मनीको मुहलबाउर ग्रुपले पहिलो र दोस्रो दुवै प्याकेजका लागि आवेदन दिएका छन् । 

विभागले ६४ थान ई–पासपोर्ट खरिद तथा छपाइका लागि ४५ दिनको म्याद राखी पहिलोपटक २०२४ नोभेम्बर २४ का दिने बोलपत्र आह्वान गरेको थियो । यसको म्याद २०२५ जनवरी १२ सम्म थियो । प्रकाशित बोलपत्रका विषयमा छलफल गर्न गत २०२५ जनवरी ११ का दिन पूर्व–बोलपत्र बैठकको आयोजना विभागले गरेको थियो । 

उक्त बैठकमा २२ वटा कम्पनीले भाग लिँदै जिज्ञासाहरू राखेको र केही विषयमा परिमार्जन गर्न अनुरोध गरेका थिए । त्यसपछि विभागले बोलपत्रको म्याद ३० दिन थप गरी २०२५ फेब्रुअरी ११ सम्म पुर्‍याएको थियो । म्याद थप गर्नुअघि विभागले बोलपत्रका केही प्रावधान संशोधनसमेत गरेको थियो ।

विभागले अन्तर्राष्ट्रिय बोलपत्रको म्याद तेस्रोपटक फेब्रुअरी ११ का दिन १० दिन थप गरी फेब्रुअरी २१ सम्म पुर्‍याएको थियो । फेब्रुअरी २१ का दिन शुक्रबार विभागले परेका बोलपत्र सार्वजनिक गरेको हो । “अब परेका आवेदनमा दुई चरणमा अध्ययन हुन्छ । पहिला प्राविधिक पाटो र त्यसपछि आर्थिक पाटोको अध्ययन गर्छौं,” महानिर्देशक अर्यालले भने । 

उनले दुई सातामा प्राविधिक अध्ययन गरिसक्ने जानकारी दिए । उक्त समयमा आवेदन दिने कम्पनी ‘क्वालीफाइड’ हुन् वा होइनन् भन्ने हेरिन्छ । त्यसपछि ती कम्पनीको आर्थिक पाटो हेर्ने काम हुन्छ । यी काम सकिएपछि प्याकेजअनुसार आवेदन दिनेमध्ये एक कम्पनी छनोट गरिनेछ ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १५, २०८१  ०९:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro