site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मन्दिरमा पानी लिएर जाँदै गरेको ट्याक्टर दुर्घटना, दुईजनाको मृत्यु 

काठमाडौं । धादिङको गल्छि गाउँपालिका–३ मा ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा गजुरी गाउँपालिका–६ बस्ने १८ वर्षका प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षका जयराम चेपाङ छन् । 

दुर्घटनामा घाइते भएको उनीहरूको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश हमालले जानकारी दिए । 

बुधबार बिहान गुप्तेश्वरभिरस्थित भित्रि कच्ची सडकमा आदमघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गरेको बा.प्र ०१–००४ क ३३५२ नम्बरको ट्याङकर ब्याक गर्ने क्रममा अनियन्त्रित भई सडकबाट करिब पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ । 
    
दुर्घटनामा गजुरी ६ बस्ने १९ वर्षका सिरिश चेपाङ र १७ वर्षीय सुरेस चेपाङको जिल्ला अस्पताल धादिङमा उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ । 

ट्याङकर चालक गजुरी ६ बस्ने २३ वर्षका दिनेश चेपाङलाई नियन्त्रणमा लिइएको छ । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन १४, २०८१  ०६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro