site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ज्ञानेन्द्रकै कारण राजतन्त्र अन्त्य : सांसद गैरे

काठमाडौं । नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरेले पूर्वराजा ज्ञानेन्द्र शाहले प्रजातन्त्रप्रति विषवमन गर्ने कोसिस गरेको आरोप लगाएका छन् । मंगलबार (फागुन १३) प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले यस्तो आरोप लगाएका हुन् ।

उनले पूर्वराजा शाहले प्रजातन्त्र दिवसको दिन सार्वजनिक गरेको भिडियो सन्देशले सहिदको अपमान गरेको बताए । पूर्वराजा शाहकै कारण राजतन्त्र ढलेको उनले जिकिर गरे ।

“फागुन ७ गते पूर्वराजाले नेपालका सहिदहरू, नेपालको परिवर्तनका निम्ति योगदान गर्ने सहिदहरूप्रति अपमान गर्ने र प्रजातन्त्रप्रति विषवमन गर्ने कोसिस गरे,” उनले भने ।

उनले शाहले संविधान उल्लंघन र निरंकुशता लाद्ने काम गरेकै कारण राजतन्त्र समाप्त भएको टिप्पणी गरे । “...ज्ञानेन्द्रले संविधान उल्लंघन गर्ने कोसिस गरे । संविधानले दिएको अवसरलाई दुरुपयोग र अपमान गर्ने कोसिस गरे,” उनले भने, “निरंकुशता लाद्ने र दलहरूलाई बन्देज लाउने कोसिस गरे । त्यसको परिणाम राजतन्त्रको अन्त्य भएको हो ।”

उनले पूर्वराजाको स्थानमा बसेर वर्तमान व्यवस्थाले दिएको अधिकारको सदुपयोग गर्न समेत शाहलाई आग्रह गरे । न्युज एजेन्सी नेपाल

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro