site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
बिलिङ प्रणालीको नयाँ टेन्डर आह्वान गर्ने अन्तिम तयारीमा टेलिकम

काठमाडौं । नेपाल टेलिकमले नयाँ बिलिङ प्रणाली खरिदका निम्ति टेन्डर (बोलपत्र) आह्वान गर्ने भएको छ । बिलिङ प्रणाली खरिदका निम्ति आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गरिसकेको टेलिकमले जनाएको छ ।

टेलिकमले कन्भरजेन्ट रियल टाइम बिलिङ सिस्टम (सीआरटीबी)का निम्ति यसअघि ०८० चैत १८ गते टेन्डर आह्वान गरेको थियो । तर, विवादपछि उक्त टेन्डर प्रक्रिया रद्द भएको थियो । सर्वाेच्च अदालतमा मुद्दा नै परेको थियो ।

सर्वोच्चले बिलिङ प्रणाली खरिद गर्दा नागरिकको विवरण सुरक्षित राख्न र कम्पनीको हितलाई प्राथमिकता दिन आदेश गरेको थियो । त्यसपछि टेलिकमले प्राविधिक टिमबाट थप अध्ययन गराउँदै नयाँ खरिद प्रक्रिया अघि बढाएको हो ।

बिलिङ प्रणाली खरिदको टेन्डर चाँडै आह्वान गरिने टेलिकमका प्रवक्ता हरि ढकालले बताए । “आवश्यक प्रक्रिया सबै पूरा भइसकेको छ, चाँडै टेन्डर आह्वान हुन्छ,” उनले बाह्रखरीसित भने ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १३:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro