site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्लेमेन्ट र रेन्जर्सबीचको सम्झौता रद्द

काठमाडौं । स्कटिस टोली रेन्जर्स एफसीले क्लबका मुख्य प्रशिक्षक फिलिपे क्लेमेन्टसँगको सम्झौता तोडेको छ । शनिबार स्कटिस प्रिमियरसिपमा सेन्ट मेरिनसँग २–० को हार व्यहोरेपछि क्लबले उक्त सम्झौता तोडेको हो ।

५० वर्षीय क्लेमेन्टले जिम्मेवारी सम्हालेको एक वर्ष चार महिनामै रेन्जर्सले सम्झौता रद्द गर्‍यो । हाल रेन्जर्स ५६ अंकसहित स्कटिस अंकतालिकामा सेल्टिकलाई पछ्याउँदै दोस्रो स्थानमा छ ।

“हामी फिलिपले नेतृत्व सम्हाल्दा देखाउनुभएको समर्पण र क्लबका लागि दिनुभएको योगदानका लागि धन्यवाद ज्ञापन गर्दछौँ,” सम्झौता रद्द गर्दै रेन्जर्सले भनेको छ ।

क्लेमेन्टको नेतृत्वमा रेन्जर्स युरोपा लिगको अन्तिम–१६ मा पुगेको थियो । र, अर्को महिना फेनेरबाचेसँग भिड्दै छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १२:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro