site stats
बाह्रखरी :: Baahrakhari
कला
‘हरिबहादुरको जुत्ता’को गीत ‘बेला बितेसी’ सार्वजनिक

काठमाडौं । चलचित्र ‘हरिबहादुरको जुत्ता’को गीत ‘बेला बितेसी’ सार्वजनिक भएको छ । 

निर्माणपक्षले सोमबार सार्वजनिक गरेको गीतमा प्रकाश सपूत र समीक्षा अधिकारीको स्वर छ । शब्द तथा संगीत पनि प्रकाश सपूतकै छ ।

गीतले उमेर छँदै माया लगाउनसपर्ने आशय व्यक्त गरेको छ । गीतको भिडियोमा प्रकाश सपूत र स्वस्तिमा खड्का छन् । मौसम हिमालीको कोरियोग्राफी छ । 

दीपेन्द्र के खनालको निर्देशन गरेको चलचित्र दसैँको फूलपातीमा रिलिज हुँदै छ । हरिवंश आचार्य मुख्य भूमिकामा छन् । चलचित्रमा हरिवंशसँगै प्रकाश र स्वस्तिमा तथा प्रियंका कार्की, हरिहर शर्मा, दिव्य देव, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, कमलमणि नेपाललगायत कलाकारको अभिनय छ ।

सिनेमालाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । कृष्णबहादुर थापाले खिचेको सिनेमालाई नकुल खड्काले सम्पादन गरेका छन् ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  ०६:५५
प्रतिक्रिया दिनुहोस्