site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
नारायणकाजीले भने– बोल्न अवरोधजस्तो गरियो, मलाई बिझायो (भिडियोसहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’ उद्घाटनका क्रममा आफूलाई बोल्न अवरोध सिर्जना गर्न खोजिएको बताएका छन् ।

मंगलबार चितवनमा सञ्चारकर्मीसँग उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को आग्रहमा आफूले उद्घाटन समारोहमा बोल्न सुरु गर्दा मनोवैज्ञानिक रूपमा अवरोध गर्ने स्थिति उत्पन्न भएको बताए । त्यसपछि मन्तव्य अघि नबढाएको उनले स्पष्ट पारे ।

सोमबार (फागुन १२) झापामा भएको उक्त घटनालाई सामान्य रूपमा लिन उनले आग्रह गरे । उनले प्रचण्डको नेतृत्वमा पार्टी पुनर्गठन र एकताबद्ध ढंगले अघि बढाउन प्रतिबद्ध रहेको बताए । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानलाई उक्त घटनाले कुनै असर नपार्ने पनि उनले स्पष्ट पारे ।

नेता श्रेष्ठले पार्टीका नेता–कार्यकता, शुभेच्छुकको भावनालाई सकारात्मक लिँदै सार्वजनिक रूपमा नै क्षमायाचना गर्न चाहेको बताए । उनले प्रचण्डको नेतृत्वमा सुरु अभियान असाधारण ढंगले सफल हुने जिकिर गरे ।

सरकारले निरंकुश ढंगले अध्यादेश ल्याएको र त्यो देशको हितमा नरहेको उनको भनाइ थियो । हिमालयन टेली भ्वाइस

भिडियो हेर्नोस्–

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १२:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro