site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुस–युक्रेन युद्ध अन्त्यबारे फ्रान्सेली राष्ट्रपति म्याक्रोनले ट्रम्पलाई के भने ?

काठमाडौं । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनका सम्बन्धमा हुने कुनै पनि शान्ति सम्झौता सुरक्षा ग्यारेन्टीका साथ हुनुपर्ने बताएका छन् । रुस–युक्रेन युद्धबारे छलफल गर्न ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेपछि फ्रान्सेली राष्ट्रपति म्याक्रोनले युक्रेनको सुरक्षा ग्यारेन्टीबिना युद्धविराम गर्न नहुने बताएका हुन् ।

“यो शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनुहुँदैन । युक्रेनको सुरक्षा ग्यारेन्टीबिनाको युद्धविराम हुनुहुँदैन,” म्याक्रोनले सोमबार संयुक्त पत्रकार सम्मेलनमा भने ।

ट्रम्पले युक्रेनमा शान्ति सुनिश्चित गर्ने लागत र व्यय अमेरिकाले मात्र नभई युरोपेली देशहरूले वहन गर्नुपर्ने बताएका छन् । जवाफमा म्याक्रोनले युरोपले सुरक्षा लागतलाई अझ समानरूपमा बाँडफाँट गर्ने आवश्यकता महसुस गरेको जनाएका छन् ।

उनले रुसी आक्रमणको तेस्रो वार्षिकोत्सवमा भएको वार्ताले अगाडि बढ्ने बाटो देखाएको पनि बताए । 

ट्रम्पले आफूले सकेसम्म चाँडो युद्धविराम चाहेको बताएका छन् । युद्धविराम भएलगत्तै आफू राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस जाने ट्रम्पले बताए ।

हालै जेलेन्स्कीले शान्ति वा नेटोको सदस्यता पाएमा आफू पद त्याग्न तयार रहेको बताएका थिए ।

बीबीसीबाट ।

प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  १२:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro