site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चिकित्सक आत्महत्या प्रयास : छानबिन गर्न आयोगको निर्देशन 
Tiktok banner adTiktok banner ad

काठमाडौं । चिकित्सा शिक्षा आयोगले काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ मेडिकल साइन्सका आवासीय चिकित्सकले आत्महत्या प्रयास गरेको घटनामा छानबिन गर्न निर्देशन दिएको छ । आयोगले केयूका उपकुलपतिलाई पत्र लेख्दै घटनाका सम्बन्धमा छानबिन गरी समस्या समाधान गर्न निर्देशन दिएको हो । 

साथै भविष्यमा यस्ता घटना नदोहोरिने गरी व्यवस्था मिलाउन पनि आयोगले चेतावनी दिएको छ । केयूलाई नेपाल चिकित्सक संघको ध्यानाकर्षणपत्रका आधारमा प्रक्रिया अघि बढाउन भनिएको छ । 

NMA-1740397313.jpg
 

केयू स्कुल अफ मेडिकल साइन्सअन्तर्गत मनोचिकित्सा विभागमा कार्यरत एक आवासीय चिकित्सकले यही फागुन ४ गते आत्महत्या प्रयास गरेका थिए । अस्पतालको कामको बोझका कारण चरम तनावमा भएपछि यस्तो घटना भएको विभागका अन्य चिकित्सकले बताउँदै आएका छन् । 

तर, आत्महत्या प्रयास गर्ने चिकित्सकलाई विभागमा कार्यरत शिक्षकहरूले थप पीडा दिने तथा घटना ढाकछोप गर्ने प्रयास गरेको भन्दै आवासीय चिकित्सकहरूले यतिखेर केयूविरुद्ध आवाज उठाइरहेका छन् । 

यसै सम्बन्धमा नेपाल चिकित्सक संघले आइतबार आयोगको ध्यानाकर्षण गराएको थियो । घटनाका दोषीलाई कडा कारबाही गर्न र चिकित्सकमैत्री कार्यस्थलको व्यवस्था गर्नेगरी प्रक्रिया अघि बढाउन पत्रमा अनुरोध गरिएको थियो । 

केयूले भने घटनाको निष्पक्ष छानबिन भइरहेको भन्दै सूचनामार्फत घटनाबारे माफी मागिसकेको छ । 

MEC-1740397356.jpg
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १७:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro