site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
फेयेनुर्डको मुख्य प्रशिक्षकमा नियुक्त भए भान पर्सी

काठमाडौं । आर्सनल तथा म्यानचेस्टर युनाइटेडका पूर्वस्ट्राइकर रोबिन भान पर्सी डच क्लब फेयेनुर्डको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । 

सन् २०१९ मा फुटबल करियर टुंग्याएका भान पर्सीले फेयेनुर्डको प्रशिक्षणका निम्ति नेदरल्यान्ड्सकै अर्को टोली हिरेन्भानको जिम्मेवारी छाडेका हुन् । यसअघि, हिरेन्भानको जिम्मेवारीमा पुग्नुअघि भान पर्सीले डिक एड्भोकाटसँग फेयेनुर्डकै युवा टोलीको सहायक प्रशिक्षण सम्हालेका थिए ।

Dabur Nepal
NIC Asia

भान पर्सीले सन् २०२७ सम्म फेयेनुर्डको जिम्मेवारी सम्हाल्नेछन् । क्लबमा उनको सहायक प्रशिक्षकका रूपमा रनेने हेक रहने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

“मेरो र फेयेनुर्डको सम्बन्ध कति बलियो छ भन्ने सबै जनालाई थाहा छ । म बलियो सहायक टोली र खेलाडीको टिमसँग सहकार्य गर्न निक्कै उत्साहित छु,” सम्झौतापछि भान पर्सीले भने । 

गत हप्तामात्रै तत्कालीन प्रशिक्षक डेन ब्रायन प्रिस्कलाई बर्खास्त गरेको फेयेनुर्ड डच लिग तालिकाको तेस्रो स्थानमा छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन १२, २०८१  १३:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro