site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
थप दुई इजरायली बन्धक रिहा

राफा (प्यालेस्टाइनी क्षेत्र) । प्यालेस्टाइनी लडाकुले शनिबार दुई इजरायली बन्धकलाई मुक्त गरेका छन् । इजरायली सुरक्षा बलले शनिबार रिहा भएका ती व्यक्तिहरूलाई बुझी आफ्नो भूमिमा फिर्ता गरेको त्यहाँको सेनाले जनाएको छ ।

गएको जनवरी १९ मा सुरु भएको युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत बन्धकहरूलाई मुक्त गरिएको हो । अरू चारजनालाई पनि शनिबार नै रिहा गर्ने तयारी भइरहेको लडाकु समूह हमासनिकट स्रोतले जनाएको छ ।  

लडाकुले शनिबार रिहा गरिएका ताल शोहम र एवेरु मेन्गिस्टुलाई दक्षिणी गाजास्थित राफाको एउटा मञ्चमा ल्याएका थिए । शोहमलाई कालो पहिरनमा सजिएका सशस्त्र र नकाबपोस लडाकुको उपस्थिति रहेको भेलामा सम्बोधन गर्न लगाइयो । र, त्यसपछि दुवैजनालाई रेडक्रसको जिम्मा लगाइएको थियो ।

प्यालेस्टाइनी लडाकुले सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि गरेको अकल्पनीय आक्रमणका क्रममा दर्जनौँ मानिसलाई कब्जामा लिएका थिए । त्यसपछि गाजापट्टीमा १५ महिनाभन्दा बढी युद्ध भएको थियो ।

मध्य गाजामा शनिबार नै एक छुट्टै समारोहबीच अरू चार बन्धकलाई मुक्त गरिनेछ । हमासले मध्य गाजाको नुसिरातबाट चार बन्धकलाई पनि शनिबार नै रिहा गर्ने जनाइएको छ ।

इजरायली अभियान समूह द होस्टेज एन्ड मिसिङ फेमिलीज फोरमले रिहा हुने ६ इजरायलीको नाम सार्वजनिक गरेको थियो । उक्त सूचीमा एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेनकर्ट र हिशाम अल–सैयदका साथै मेन्गिस्तु र शोहम पनि थिए । रासस/एएफपी

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१  १५:१६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro