site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रूसी आक्रमणमा १२ युक्रेनी नागरिक मारिए

नयाँदिल्ली । एकातिर रूस–युक्रेन युद्ध अन्त्यका लागि पहल भइरहेको छ भने अर्कोतर्फ रूसी आक्रमणमा १२ सर्वसाधारणको मृत्यु भएको खबर बाहिर आएको छ ।

युक्रेनी अधिकारीहरूका अनुसार, अघिल्लो दिन रूसी आक्रमणमा १२ सर्वसाधारणको मृत्यु भएको थियो भने अन्य ६ जना घाइते भएका थिए ।

यद्यपी, रूसी सेनाले यी आक्रमणका बारेमा कुनै प्रतिक्रिया दिएको छैन ।

स्थानीय अधिकारीहरूले आक्रमणबाट डोनेट्स्क, खेरसन, निकोपोल र जापोरिजिया क्षेत्रमा दर्जनौँ घर र पूर्वाधारमा क्षति पुगेको बताएका छन् ।

क्षेत्रीय प्रमुख वादिम फायलास्किनले टेलिग्राम पोस्टमा भनेका छन्, "डोनेट्स्कबाट करिब १८३ जनालाई बाहिर निकालिएको छ । आक्रमणले किभ र पोटलाभा क्षेत्रहरूमा पूर्वाधार र विद्युत लाइनहरूलाई पनि क्षति पुर्‍याएको छ ।"

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, फागुन ९, २०८१  २३:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro