site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
राजदूत शर्मा र केआईआईटीका संस्थापक सामन्तबीच टेलिफोन वार्ता, कारबाहीबारे जानकारी 

काठमाडौं । भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मा र कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालय संस्थापक प्रा. अच्युत सामन्तबीच टेलिफोन वार्ता भएको छ ।
 
फोनवार्तामा सामन्तले नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने अधिकारीहरूमाथि कारबाही गरिएको जानकारी राजदूतलाई गराएका थिए ।
 
“राजदूत शंकर शर्माले केआईआईटीका संस्थापक प्रा. अच्युत सामन्तसँग टेलिफोन वार्ता गर्नुभयो र उनका प्रतिनिधिहरूसँग पनि भेट गर्नुभयो,” नयाँदिल्लीस्थित नेपाली दूतावासले भनेको छ, “प्रा. सामन्तले डा. शर्मालाई केआईआईटीले गरका कारबाहीबारे जानकारी गराउनुभयो जसमा, भीसीबाट सार्वजनिक माफीपत्र र केही कर्मचारीलाई बर्खास्त गरिएका कुरा समावेश थिए ।”
 
केआईआईटीको गल्र्स होस्टलमा आइतबार बी.टेक तेस्रो वर्षमा अध्ययनरत २० वर्षीया नेपाली छात्रा प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।
 
विश्वविद्यालयको लापरवाहीका कारण नेपाली छात्राको मृत्यु भएको भन्दै विद्यार्थी आन्दोलित भएपछि रिजस्ट्रारको कार्यालयले सूचना प्रकाशित गरी नेपाली विद्यार्थीलाई तत्काल क्याम्पस खाली गर्न भनेको थियो । 

त्यसपछि सोमबार दिउँसो केआईआईटी विश्वविद्यालयमा अध्ययनरत ५ सयभन्दा बढी नेपाली विद्यार्थीलाई होस्टलबाट उठाएर विभिन्न रेल स्टेसनमा लगेर छोडिएको थियो । उनीहरूलाई त्यहाँबाट आफ्नो घर जान भनिएको थियो ।

Dabur Nepal
NIC Asia

सोही विश्वविद्यालयका तेस्रो वर्षका मेकानिकल इन्जिनियरिङका एक पुरुष विद्यार्थी साथीले दुर्व्यवहार गरेपछि उनले आत्महत्या गरेको आशंका गरिएको छ ।

गत महिना विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ)लाई प्रकृतिले आफूमाथि दुर्व्यवहार भएको रिपोर्ट गरेकी थिइन् । तर, विश्वविद्यालयले कुनै कारबाही अघि नबढाएपछि प्रकृतिले आत्महत्याको बाटो रोजेको दाबी गरिएको छ ।
 
उक्त घटनाको भारत र नेपालमा आलोचना भएपछि विश्वविद्यालय प्रशासनले सोमबार विज्ञप्ति जारी गर्दै नेपाली विद्यार्थीलाई होस्टलमा फर्कन आग्रह गरेको थियो ।
 
भारतको ओडिसास्थित केआईआईटी विश्वविद्यालयले मंगलबार एक सूचना जारी गर्दै नेपाली विद्यार्थीमाथि दुर्व्यवहार गर्ने दुईजना सुरक्षा कर्मचारी, दुईजना होस्टल र एकजना प्रशासन अधिकारीलाई कारबाही गरेको जनाएको छ । 
क्याम्पसका कर्मचारीहरू नेपाली विद्यार्थीलाई सकेसम्म छिटो क्याम्पसमा फर्काउन सक्रिय भएर लागिरहेको जनाइएको छ ।
 
नेपाली विद्यार्थीलाई फर्काउन सहजीकरण गर्न केआईआईटीमा ‘कन्ट्रोल रुम’ सञ्चालन गरिएको र यसले सातै दिन काम गर्ने सूचना उल्लेख छ । 

आफ्ना केही कर्मचारीले तनावको समयमा गरेको टिप्पणीप्रति केआईआईटीले क्षमा मागेको छ । 
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  १४:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro