site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सभापति पोखरेलको प्रश्न– आईपीओ बिक्री गर्नु ऋणको भारी बोकाउनु हो ? 

काठमाडौं । सार्वजनिक लेखा समितिका सभापति ऋषीकेश पोखरेलले आईपीओको नाममा सर्वसाधारणलाई ऋणको भारी बोकाउन नहुने बताएका छन् । 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको ‘जलविद्युत् आयोजना : लगानी, सेयर व्यवस्थापन र चुनौती’ विषयक कार्यक्रममा उनले लेखा समितिले बुझेरै  हाइड्रोपावरलाई आईपीओ निस्कासनमा कडाइ गरेको बताए । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

ऋणले थला परेका कम्पनीले आईपीओ ल्याउने र जनतालाई सेयर बेचेर भाग्ने गरेको उनले बताए ।
 
“हामीले ऋण नतिर्दासम्म प्रमोटर लगानीकर्ता बाहिरिनु हुँदैन भन्ने निर्णय गरेका हौँ,” पोखरेलले भने, “स्थानीयलाई १० प्रतिशत सेयर दिनुपर्छ भनेको ऋणको भार बोकाउनु अथवा नाफाको प्रतिशत बाँडेको के हो भन्नेमा स्पष्ट हुनुपर्छ ।” 

यद्यपि, अहिलेको समितिको निर्णयमा छलफल गर्न सकिने उनको भनाइ छ । “व्यवसायीहरूले सार्वजनिक लेखा समितिले गरेको निर्णयको विषयमा छलफल गर्नुपर्नेमा आर्थिक समितिमा पुगेको छ,” पोखरेलले भने, “समितिमा निवेदन दिएपछि छलफल गर्नुपर्छ ।”
 

प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  ११:३६
प्रतिक्रिया दिनुहोस्