site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
डा. शेखरको प्रश्न– यो सरकार एमालेकरण त भइराखेको छैन ?
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार एमालेकरण भएको टिप्पणी गरेका छन् । सरकारले सदनमा लगेका विधेयक, केन्द्र र प्रदेश हुँदै स्थानीय तहसम्म संयन्त्रमार्फत शासन गर्ने शैलीले कांग्रेसलाई प्रतिनिधित्व नगर्ने उनको भनाइ छ । 
 
मंगलबार काठमाडौंमा भएको नेपाल प्रेस युनियनका जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेलामा उनले सरकार लोकतान्त्रिक शक्तिहरूको भन्न अफ्ठ्यारो पर्ने अवस्था आएको बताए । 

“यो सरकार एमालेकरण त भइराखेको छैन ?”, प्रश्न गर्दै कोइरालाले भने, “सामाजिक सञ्जाल विधेयक अभिव्यक्ति स्वतन्त्रताविरूद्ध छ । मिडिया काउन्सिल विधेयक प्रेस स्वतन्त्रताविरूद्ध छ ।” उनले संयन्त्रमार्फत सरकार चलाउने अलोकतान्त्रिक अभ्यासको पनि विरोध गरे ।

“केन्द्रमा सरकार संचालन गर्ने संयन्त्र छ । प्रदेश हुँदै स्थानीय तहसम्म गठबन्धनको संयन्त्र पुगेको छ,” डा. कोइरालाले भने, “लोकतन्त्रमा संयन्त्रको शासन चल्दैन ।” 
 
कोइरालाले यसअघि झैँ अध्यादेशलाई पनि लोकतान्त्रिक मान्न नसकिने बताए । संसद् नभएको समयमा अध्यादेश जारी गर्न मिल्ने भन्दै संसद्ले बनाउने सबै कानुन अध्यादेशबाट ल्याएर समृद्धि नआउने उनको भनाइ छ ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ६, २०८१  ११:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro