site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
दुई करोड ६० लाख सुडानी नागरिक युद्धको प्रभावमा : राष्ट्रसंघ

खार्तुम । संयुक्त राष्ट्रसंघ (यूएन)ले सुडानभित्र र छिमेकी देशहरूमा जारी द्वन्द्वबाट प्रभावित करिब दुई करोड ६० लाख सुडानीहरूलाई सहयोग गर्न ६ अर्ब अमेरिकी डलरको मानवीय अपील गरेको छ ।

मानवीय मामिलाको समन्वयको लागि संयुक्त राष्ट्र संघको कार्यालय (ओसीएचए)ले सन् २०२५ सुडान मानवीय आवश्यकता र क्षेत्रीय शरणार्थी प्रतिक्रिया योजनाको सुरुआत गरेको घोषणा गर्यो, जसमा सुडान भित्रका लगभग २१ लाख मानिस र छिमेकी देशहरूमा रहेका पाँच लाख शरणार्थीहरूलाई सहयोग गर्न ६ अर्ब अमेरिकी डलर चाहिन्छ ।

“सुडानले मानवीय आपतकालको सामना गरिरहेको छ,” मानवीय मामिलाका लागि उप–महासचिव तथा आपतकालीन राहत संयोजक टम फ्लेचरले बताए ।

“सुडानमा यौनहिंसाको महामारी फैलिरहेको छ । बालबालिका घाइते भइरहेका छन् । पीडा डरलाग्दो छ,” फ्लेचरले भने ।

करिब दुई वर्षको द्वन्द्वले सुडान र सीमापारका एक करोड २० लाख मानिस विस्थापित भएका छन् ।

सुडानको लगभग दुई तिहाई जनसङ्ख्यालाई आपतकालीन सहायताको आवश्यकता छ, जबकि देशले व्यापक अनिकालको सामना गरिरहेको छ । छिमेकी देशहरूमा आइपुगेका शरणार्थीहरूलाई सहयोगको असाध्यै आवश्यकता छ ।

सुडान अप्रिल सन् २०२३ को मध्यदेखि सुडानी सशस्त्र बल र अर्धसैनिक द्रुत समर्थन बलहरू बीचको विनाशकारी द्वन्द्वमा फसेको छ, जसको परिणामस्वरूप सन २०२४ को अन्त्यसम्ममा २९ हजार ६८३ भन्दा बढीको मृत्यु भएको छ । रासस/सिन्ह्वा

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २३:४९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro