site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रुसको खतरा टार्न युरोपले आफ्नै सशस्त्र सेना निर्माण गर्नुपर्छ : जेलेन्स्की

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसको खतरालाई मध्यनजर गर्दै युरोपले आफ्नो सुरक्षाका लागि आफ्नै सेना निर्माण गर्नुपर्ने बताएका छन् ।

म्युनिख सुरक्षा सम्मेलनमा सहभागी हुँदै उनले अमेरिका र युरोपबीच दशकौँदेखि चल्दै आएको सम्बन्ध अहिले अन्त्यतर्फ अघि बढेको भन्दै युरोपले यस्तो अवस्थाको सामना गर्नुपर्ने बताए ।

युरोपका लागि छुट्टै सेनाको आवश्यकतामा जोड दिँदै उनले युरोपको भविष्यको निर्णय युरोपकै हातमा हुनुपर्ने बताए ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युद्ध अन्त्यका लागि फोनमा कुराकानी गरेपछि दुवैले छिट्टै भेटेर छलफललाई अगाडि बढाउने बताएका छन् । यसपछि युक्रेन र युद्धको विषयमा चर्चा बढेको छ ।

ट्रम्प र पुटिनबीचको यो वार्तालापपछि जेलेन्स्कीले आफ्नो देशले ‘युद्ध अन्त्य गर्ने कुनै पनि सम्झौता स्वीकार नगर्ने’ बताएका छन्।

शनिबार म्युनिख सुरक्षा सम्मेलनमा बोल्दै उनले भनेका थिए, ‘युक्रेनको सेनाले विश्वव्यापी समर्थन पाएको छ, जसको सहयोगमा उसले रुसी सेनाको सामना गरिरहेको छ, यसका लागि सबैलाई धन्यवाद।’’

यसअघि शुक्रबार अमेरिकाका उपराष्ट्रपति जेडी भान्सले युरोपका प्रजातान्त्रिक मुलुकलाई निशाना बनाएका थिए । उनले चेतावनी दिएका थिए कि युरोपले सुरक्षामा ‘ठूलो कदम चाल्नु’ आवश्यक छ।

हालै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग फोनमा कुराकानी गरेका थिए । करिब ९० मिनेटसम्म चलेको उक्त वार्तामा दुवैले शान्ति वार्ता सुरु गर्ने सहमति गरेका थिए ।

यसका लागि दुवैले छिट्टै साउदी अरबमा भेट्न सक्ने बताएका थिए । साउदी अरेबियाले पनि एक विज्ञप्ति जारी गर्दै यसको स्वागत गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  २१:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro