site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
बीआरआई चीनसँगको रणनीतिक गठबन्धन नभएको परराष्ट्रमन्त्री राणाको स्पष्टोक्ति
फाइल तस्बिर ।

काठमाडौं । ओमान भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले बेल्ट एण्ड रोड इनिसिएटिभ्स (बीआरआई) रणनीतिक गठबन्धन नभएको स्पष्टोक्ति दिएकी छन् । भारतीय मिडिया डब्लूआईओएनसँग कुराकानी गर्दै उनले चीनसँग गरेको रणनीतिक गठबन्धन नभएको बताइन् । 
 
“बीआरआईलाई जुन रूपमा हेरिएको छ, त्यो वास्तवमा नेपालले चीनसँग गरेको रणनीतिक गठबन्धन होइन,” परराष्ट्रमन्त्री राणाले भनेकी छन्, “नेपाल असंलग्न राष्ट्र हो र विश्वको कुनै पनि देशसँग रणनीतिक गठबन्धनमा प्रवेश गर्दैन ।” 

बीआरआईका कारण भारतसँग सम्बन्ध नबिग्रेको पनि उनले स्पष्ट पारेकी छन् । बीआरआर्ई विकासका गतिविधि बारेमा नेपाल र चीनबीचको समझदारीको दस्तावेज मात्र भएको उनले जनाएकी छन् ।
 
डब्लूआईओएनलाई दिएको संक्षिप्त अन्तर्वार्तामा उनले नेपाल सन् २०१७ मा बीआरआईमा प्रवेश गरेको स्मरण गरेकी छन् । 

Dabur Nepal
NIC Asia

“नेपाल यस तथ्यको बारेमा स्पष्ट छ । कुनै पनि देश वा संस्थाबाट महँगो ऋण लिने स्थितिमा छैन । चिनियाँ सरकार पनि यस बारेमा धेरै स्पष्ट छ,” परराष्ट्रमन्त्री राणाले भनेकी छन् । 

परराष्ट्रमन्त्री राणा हिन्द महासागर सम्मेलनमा सहभागी हुन गत शुक्रबार ओमानको मस्कट पुगेकी हुन् । परराष्ट्रमन्त्री राणा र भारतका विदेशमन्त्री एस जयशंकरबीच आइतबार मस्कटमा भेटवार्ता भएको थियो ।
 
परराष्ट्रमन्त्री राणाले भारतसँगको सम्बन्धलाई ‘धेरै राम्रो’ भएको बताएकी छन् ।
 
“हाम्रो भेटघाट धेरै राम्रो रह्यो, हामीले धेरै मुद्दाहरूमा कुरा गर्यौं । हाम्रो सीमा क्षेत्र, सीमा स्तम्भहरू, नेपालमा जलविद्युत् क्षेत्रको विकास, व्यापार तथा वाणिज्यलगायत मुद्दामा विशेष कुराकानी भयो,” उनले भनेकी छन् ।
 
नेपाल र भारतबीच समस्या नरहेको उनले बताएकी छन् । कहिलेकाहीँ  थोरै बाधाहरू आएपछि संवादमार्फत समाधान गर्न सफल भएको उनले जनाएकी छन् । “हाम्रो सम्बन्ध राम्रो अवस्थामा छ र नयाँ उचाइमा पुग्नेछ भन्ने कुरामा म विश्वस्त छु,” परराष्ट्रमन्त्री राणाले भनिन् ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको लागि निमन्त्रणाको पर्खाइमा आफूहरू रहेको उनले जनाएकी छन् । भारतले निमन्त्रणा गरेर प्रधानमन्त्री भारत भ्रमणमा जाँदा धेरै खुसी लाग्ने पनि उनले बताएकी छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १३:४१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro