site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मणिपुरमा राष्ट्रपति शासनलगत्तै सेनाको कारबाही, १६ चरमपन्थी पक्राउ

नयाँदिल्ली । भारतको मणिपुरमा बिहीबार राष्ट्रपति शासन लागु भएपछि सेना र प्रहरीले सशस्त्र चरमपन्थीविरुद्ध व्यापक कारबाही सुरु गरेको छ ।

मणिपुरका एक प्रहरी अधिकारीले सुरक्षा बलहरूसँग मिलेर गत २४ घण्टामा राज्यका विभिन्न क्षेत्रमा कारबाहीमा १६ सशस्त्र आतंककारीलाई पक्राउ गरेको छ ।

यस अवधिमा धेरै क्षेत्रबाट ठूलो संख्यामा हातहतियार, गोलाबारुद र विस्फोटक पदार्थ पनि बरामद गरिएको छ ।

कारबाहीका सम्बन्धमा मणिपुरका प्रहरी महानिर्देशक राजीव सिंहले भने, “अवैध हतियार जफत गर्न निरन्तर कारबाही भइरहेको छ । ‘आगामी एक–दुई दिनभित्रै हतियारधारीविरुद्ध ठूलो परिमाणमा कारबाही गरिने छ ।

मणिपुर प्रहरीले एक विज्ञप्ति जारी गर्दै चरमपन्थीहरूबाट बरामद गरिएका हतियारहरूमा एके–४७ राइफल, ७.६२ असल्ट राइफल, सिंगल बोर राइफल, एके–४७ म्यागजिन छन् ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  २३:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro