site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रक्षक हुनुपर्ने सरकार आफैँ भक्षक : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले सरकार दलाल पुँजीपति, बिचौलियालाई पक्ष पोषण गर्नेगरी अघि बढिरहेको आरोप लगाएका छन् । आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको दोस्रो राष्ट्रिय भेलामा बोल्दै उनले यस्तो बताएका हुन् ।

दलाल पुँजीलाई र बिचौलियालाई पोस्ने काम सरकारले गर्न खोजिरहेको उनको आरोप छ । यसबारेमा भण्डाफोर गर्न पार्टी निकट पत्रकारहरूलाई आग्रह गरे । उनले समितिमा विचाराधीन रहेका विधेयकहरू फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न नपाइने अवस्थालाई मिचेर सरकारले अध्यादेश जारी गरेको बताए । कानुनको रक्षक हुनुपर्ने सरकार आफैँ भक्षक बनेको उनको आरोप छ ।

"समितिमा विचाराधीन रहेका विधेयकहरू फिर्ता नलिएसम्म अध्यादेश जारी गर्न पाइँदैन । यो कानुनको खुलेआम उल्लंघन गरेर सरकार जसरी अघि बढेको छ । कानुनको रक्षक हुनुपर्ने सरकार आफैँ भक्षक बन्न पुगेको छ । संसद्को नियमित अधिवेशनमा कानुनमा सुधार गर्नुछ भने, विधेयक ल्याउनुछ भने त्यसको प्रक्रियाबाट अघि जानुपर्नेमा संसद् नै छलेर, संसद्को बैठक अधिवेशन बोलाउनुपर्ने बेलामा त्यसलाई छलेर जसरी अध्यादेश ल्याउने काम भएको छ । ६ वटा अध्यादेश ३० वटा कानुनमा संशोधन यसको पछाडि राम्रो नियत देखिँदैन," उनले भने ।

अध्यक्ष नेपालले आफूहरूले विपक्षी दलहरूलाई बोलाएर सरकारको खबरदारी गरेको बताए । उनले आफूहरूले दिएको दबाबबाट आत्तिएर सरकार अधिवेशन बोलाउन बाध्य भएको बताए ।

 

प्रकाशित मिति: आइतबार, फागुन ४, २०८१  १७:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro