site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
​​​​​​​हावा हौ, चलिरहनू...
Tiktok banner adTiktok banner ad

हावा हौ, चलिरहनू...

हावा हौ, चलिरहनू
चलिरहनू निडर भएर
चलिरहनू आफूभित्र विश्वास बोकेर
चलिरहनू आफूभित्र उज्यालो छरेर

पस्नू सासहरूभित्र
र, निरन्तरता दिनू जीवनहरूलाई

हावा हौ, चलिरहनू
अगाडिअगाडि बढिरहनू
बढिरहनू
बढिरहनू
बढिरहनू ।

दूरी
गहिराइ थिएँ, र पनि तिमीलाई छुन सकिनँ कहिल्यै ।

पातहरू
थाहा छैन
कहाँकहाँदेखि आइपुग्छन् यी पातहरू मसम्म
मसम्म तिम्रो याद आएजसरी !

गुनासो
गुनासो गरिरह्यो जिन्दगीले
मसँग
तिमीझैँ

गुनासो गरिरह्यो जिन्दगीले
मसँग
र, म सुनिरहेँ जिन्दगीलाई
जसरी म सुनिरहन्थेँ तिमीलाई

तिमीलाई नसुन्न म सक्दिन थिएँ
र, म सक्दिन थिएँ नसुन्न आफ्नै जिन्दगीलाई

आफ्नो हृदय गुनासो गरिरहन्थ्यो
कसरी नसुनूँ आफ्नै हृदयलाई ?
कसरी नसुनूँ आफ्नै जिन्दगीलाई ?

चंगा
आफैँसँग दूर रहेजसरी
हामी किन रहन सक्दैनौ दूर आफ्नो जीवनसँग ?

जीवनलाई भुइँमै छाडेर किन हामी उड्न सक्दैनौँ चंगा भएर ?
डोरी चुँडिएर किन हामी जान सक्दैनौ दूरदूर निकै ?

खासमा हामी के हौँ ?
खासमा यो जीवनचाहिँ के हो ?

(इटहरी)
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ३, २०८१  ०६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro