site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कोटिहोम रोक्न फेरि अदालतमा रिट

पोखरा । पोखरामा मानव सेवा फाउन्डेसनले आयोजना गर्न लागेको कोटिहोम रोक्न उच्च अदालत पोखरामा रिट दायर भएको छ । बिहीबार मात्रै उच्चले आयोजकलाई कोटिहोम गर्न नरोक्न भन्दै पोखरा महानगरपालिकालाई आदेश दिएको थियो ।

शुक्रबार भने तीन अधिवक्ताले लेकसाइडको क्याम्पिङ क्षेत्र र बाराहीघाटमा कोटिहोम गर्न नदिने मागसहित रिट दायर गरेका हुन् ।

अधिवक्ताहरू भगवती पहारी, मीनाकुमारी रानाभाट र गीता आचार्यले मानव सेवा फाउन्डेसन, नेपाल ट्रस्ट, पर्यटन उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालय, पोखरा महानगरपालिका, वडा नं. १३, र १४ सहित जिल्ला प्रशासन कार्यालय कास्की र डिभिजन वन कार्यालय कास्कीलाई विपक्षी बनाएर रिट दर्ता गराएका हुन ।

रिटमा फेवातालको ६५ मिटर र सिमसार संरक्षित क्षेत्रमा रहेको नेपाल ट्रस्टको स्वामित्वमा रहेको बाराहीघाट क्षेत्रको ४८ रोपनी जग्गा मानव सेवा फाउन्डेसले २०८२ वैशाख १ देखि जेठ १५ गतेसम्म गर्ने भनिएको कोटिहोम विराट ज्ञान महायज्ञलाई अस्थायी टहरा समेत बनाउन दिने नेपाल ट्रस्टको सहमति बदर गर्न माग गरिएको छ ।

प्रदेशको उद्योग, पर्यटन, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयले पनि कोटिहोमका लागि सहमति दिएको थियो । उक्त सहमति पनि बदर गर्न माग गरिएको छ ।

वडा नं. ६ ले आयोजकलाई दिएको अनुमति गैह्रजिम्मेवार रहेको रिटमा उल्लेख छ । उक्त अनुमति पनि बदर गर्नुपर्ने माग छ ।

मानव सेवा फाउन्डेसनले समिधाका लागि धार्मिक महत्त्व र आस्थाका वृक्षहरू काटेको हुँदा कोटिहोमप्रति नै असन्तुष्टि बढेको उल्लेख गरिएको छ । “यस महायज्ञका सुत्राधार विजय कृष्णमूर्तिले प्रस्तावित स्थानमा नै महायज्ञ गरी छाड्ने आवश्यक परे अधार्मिक कार्य समेत गर्न पछि नपर्ने भनि घोषणा गर्नुभयो । यसबाट हजारौँ वर्षदेखि धार्मिक एंव जातीय एकता कायम रहेको पोखरामा धार्मिक द्वन्द्व बढाउने काम भएको छ । यस्तो सम्भावनालाई समयमा नै रोक्न यी संरक्षित स्थलहरूमा महायज्ञ नगर्नु भनि उक्त फाउन्डेसनका नाममा परमादेश जारी गरी पाउँ,” रिटमा भनिएको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  २०:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro