site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
न्युयोर्कका मेयरविरुद्धको मुद्दा खारेज गर्न भनेपछि अधिवक्तासहित उच्च पदस्थले दिए राजीनामा

काठमाडौं । अमेरिकाको न्युयोर्क सहरका मेयर एरिक एडम्सविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दा फिर्ता ल्याउन भनेपछि अधिवक्ता र पाँच उच्च पदस्थ अधिकारीले राजीनामा दिएका छन् ।

अमेरिकी न्याय विभागले उक्त मुद्दा फिर्ता ल्याउन भनेपछि न्युयोर्कको दक्षिणी जिल्लाकी अधिवक्ता डेनियल ससुनले राजीनामा दिएकी हुन् ।

यो विषयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले आपराधिक गतिविधिभन्दा राजनीतिक उद्देश्यलाई प्राथमिकता दिइरहेको भन्दै विरोध निम्त्यिाएको छ ।

रिपब्लिकनतर्फकी शीर्ष अभियोजनकर्ता ससुनले डेमोक्रेटिक पार्टीका मेयर एडम्सले अभियोजनपत्रमा उल्लेखित अपराध गरेको बताएकी छन् ।

राजीनामापछि उनले ट्रम्प प्रशासनकी महान्यायाधिवक्ता पाम बोन्डीलाई यो हतार र सतही निर्णयबाट अचम्मित भएको भनेकी छन् ।

अमेरिकाका कार्यवाहक उपमहान्यायाधिवक्ता एमिल बोभले सोमबार एडम्सविरुद्धको मुद्दा खारेज गर्न आदेश दिएका थिए । त्यसपछि ससुनसहित पाँच उच्च अधिकारीले राजीनामा दिएका हुन् । 

 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro