site stats
बाह्रखरी :: Baahrakhari
देश
घट्यो काठमाडौंको तापक्रम 
फाइल तस्बिर ।

काठमाडौं । काठमाडौंमा आज तुलनात्मकरूपमा केही चिसो छ । बिहीबारको तुलनामा आज (शुक्रबार) केही कम तापक्रम छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान पौने ६ बजे काठमाडौंको न्यूनतम तापक्रम ६.८ डिग्री सेल्सियस छ । दिउँसो बढेर २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ । 

सोही समयमा बिहीबार काठमाडौंको न्यूनतम तापक्रम ७ डिग्री सेल्सियस रहेको थियो । 

काठमाडौंको तापक्रम नियमितरूपमा घट्ने र बढ्ने भइरहेको छ । रातको समयमा आकाश खुला हुँदा तापक्रम घट्ने र बादल लाग्दा चिसो कम हुने गरेको मौसमविद्रूको भनाइ छ । 

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०८१  ०६:३५
प्रतिक्रिया दिनुहोस्