site stats
बाह्रखरी :: Baahrakhari
खेल
प्रदेश प्रिमियर लिग : पाँचथर युनाइटेड सेमिफाइनलमा

धरान (सुनसरी) । पाँचथर युनाइटेड धरानमा जारी कोसी प्रदेश प्रिमियर लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह ‘ए’को विजेता हुँदै पाँचथर युनाइटेडले सेमिफाइनलको यात्रा तय गरेको हो ।

धरान रंगशालामा बिहीबार भएको खेलमा पाँचथर युनाइटेडले संखुवासभाको लोहरुङ फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गरेको हो । पाँचथरका लागि विजयी गोल सन्तोष सम्बाहाम्फेले गरेका थिए । खेलको म्यान अफ दी म्याच भने पाँचथर युनाइटेडका बेघम गुरुङ घोषित भए । उनले पाँच हजार पुरस्कार प्राप्त गरे ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस्तै, समूह ‘सी’ अन्तर्गत भएको खेलमा धनकुटाको देउराली फुटबल क्लबले इलामको रेडहर्ष क्लबलाई २–० गोलअन्तरले पराजित गर्‍यो । शुक्रबार रेडहर्ष क्लब इलाम र धाइजन चारआली फुटबल क्लबबीचको खेलबाट समूह ‘सी’को विजेताको टुंगो लाग्ने छ ।

शुक्रबार धरान फुटबल क्लब र खोटाङको बुइपा–११ बीच पहिलो खेल तथा इलामको रेडहर्ष क्लब र झापाको धाइजन चारआली फुटबल क्लबबीच दोस्रो खेल हुनेछ । कोसी प्रदेश फुटबल संघको आयोजनामा यही फागुन ८ गतेसम्म सञ्चालन हुने प्रिमियर लिगमा कोसी प्रदेशका ११ जिल्लाका फुटबल क्लबको सहभागिता रहेको कोसी प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले जानकारी दिए । 

प्रतियोगिताको विजेताले दुई लाख, उपविजेताले एक लाख ५० हजार, तेस्रो हुने टोलीले एक लाख २५ हजार र चौथो हुनेले एक लाख पुरस्कार प्राप्त गर्नेछन् । रासस

प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  २२:३४
प्रतिक्रिया दिनुहोस्