site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरू खरानी हुन्छन् : प्रचण्ड
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘जनयुद्ध’लाई मेटाउने प्रयास गर्नेहरू खरानी हुने चेतावनी दिएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा ३०औँ ‘जनयुद्ध दिवस’का अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो चेतावनी दिएका हुन् ।

“...हजारौँ सहिददहरूको बलिदानबाट, रगतबाट सिञ्चित यो प्रक्रिया, हजारौँ बेपत्ता योद्धाहरूको त्याग र तपस्याबाट सिञ्चित यो प्रक्रिया नेपालको समग्र प्रक्रियामा सयौँसयौँ वर्षसम्म रहनेछ,” उनले भने, “कसैले मेटाएर यो मेटिने छैन । जसले मेटाउने दुस्साहस गर्छ, उही नै खरानी हुन्छ भन्ने मेरो विश्वास छ ।”

यसलाई राष्ट्रिय दिवसका रूपमा अगाडि लैजानुपर्ने उनले जोड दिए । ‘जनयुद्ध’माथि अझै पनि प्रहार भइरहेको उनको भनाइ थियो ।

“जनयुद्ध दिवस साँच्चै नै जनताका सबै उत्पीडित समुदायको निम्ति राष्ट्रिय दिवस नै हो । यसलाई राष्ट्रिय दिवसकै रूपमा हामीले अगाडि लैजानुपर्छ,” उनले भने, “जनयुद्ध शब्दलाई विकृत पार्ने अनेक चेष्टाहरू पनि भएका छन् ।”

प्राप्त उपलब्धिलाई अझ बलियो बनाउँदै समाजवादको बाटोमा अघि बढ्न जरुरी रहेको उनले बताए । उनले प्रतिक्रियावादी शक्तिले गणतन्त्रलाई जनताको हुन नदिन अनेक गतिविधि गरिरहेको आरोप लगाए । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १, २०८१  १०:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro