site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आन्तरिक राजस्व विभागको महानिर्देशकमा दहाल, भट्टराईलाई भन्सारको जिम्मेवारी

काठमाडौं । अर्थ मन्त्रालयले आन्तरिक राजस्व विभाग र  भन्सार विभागमा महानिर्देशक पठाएकाे छ ।

मन्त्रीस्तरीय बुधबारको निर्णयले आन्तरिक राजस्व विभाग र भन्सार विभागमा नयाँ महानिर्देशक पठाएको हाे । आन्तरिक राजस्व विभागको महानिर्देशकमा मदन दहाल र भन्सार विभागको महानिर्देशकमा महेश भट्टराईलाई जिम्मेवारी दिइएको छ ।

यसअघि दहाल अर्थ मन्त्रालयको प्रशासन महाशाखामा कार्यरत थिए भने भट्टराई अर्थ मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखामा थिए ।

त्यस्तै, अर्थ भित्रिएका तीर्थराज चिलवाल आन्तरिक राजस्व विभागको उपमहानिर्देशक बनेका छन् भने आन्तरिक राजस्व विभागमा उपमहानिर्देशक रहेका सेवन्तक पोखरेल अर्थ मन्त्रालय तानिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  २२:००
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro