site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एनआरएन इन्फ्रास्ट्रक्चरको खुद नाफा बढ्यो

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको खुद नाफा बढेको छ ।

कम्पनीको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म पाँच करोड ३७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म खुद नाफा एक करोड ६३ लाख रुपैयाँ आर्जन गरेको थियो ।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी २०९.९४ प्रतिशतले बढ्दै आठ करोड एक लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल खर्च ९८ लाख ६७ हजार रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा यो ५४ लाख ९१ हजार रुपैयाँ थियो । कम्पनीको रिटेन्ड अर्निङ १० करोड ५५ लाख रुपैयाँ छ ।

कम्पनीको कुल चालु सम्पत्ति ३८ करोड १४ लाख र कुल चालु दायित्व एक करोड ४१ लाख रुपैयाँ रहेको छ ।

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानीमा उल्लेख्य सुधार आएको छ । अघिल्लो आर्थिक वर्षको दोस्रो त्रैमाससम्म २.६७ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर ८.३७ रुपैयाँ पुगेको छ । साथै, कम्पनीको प्रतिसेयर नेटवर्थ १७२.१० रुपैयाँ र मूल्य आम्दानी अनुपात १३५.६५ गुणा कायम भएको कम्पनीले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  १८:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro