site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बोरुसिया अन्तिम–१६ नजिक
Tiktok banner adTiktok banner ad

काठमाडौं । पोर्चुगिज क्लब स्पोर्टिङ लिस्बनविरुद्ध ३–० को सहज जित निकाल्दै जर्मन क्लब बोरुसिया डर्टमन्डले जित दर्ता गरेको छ । डर्टमन्डले यो जितसँगै यूईएफए च्याम्पियन्स लिगको अन्तिम–१६ सम्भावनालाई बलियो बनाएको छ ।

मंगलबार राति लिस्बनको मैदान स्टाडियो जोजे अल्भालाडेमा भएको खेलमा पाहुना टिमलाई जित दिलाउन सेर्होउ गुइरासी, पास्कल ग्रोब र करिम अडेयेमीले गोल गरे । डर्टमन्डले तीनै गोल दोस्रो हाफमा गरेको हो । 

खेलको ६६औँ मिनेटमा गुइरासीको गोलमा डर्टमन्डले अग्रता बनाएको थियो । त्यसको आठ मिनेटपछि नै ग्रोबको गोलमा डर्टमन्डले अग्रता दोब्बर बनायो । 

८२औँ मिनेटमा अडेयेमीले गोल गरेपछि डर्टमन्डले ३–० को जित सुनिश्चित गरेको हो । 

पहिलो लेगमा सहज अग्रता बनाएको डर्टमन्डले अब फेब्रुअरी १९ मा स्पोर्टिङ लिस्बनलाई आतिथ्यता प्रदान गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ ३०, २०८१  ०७:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro