site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌बाट फिर्ता गरिनुपर्छ : सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानबहादुर शाहीले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसद्‌बाट हुबहु फिर्ता गरिनुपर्ने बताएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारले जनताको बोल्न पाउने अधिकार कुण्ठित गर्न नपाउने उल्लेख गरे । उनले सरकारले जबरजस्ती गर्न खोजे सडक र सदन दुवै ठाउँबाट विरोध गर्ने चेतावनी दिए । सामाजिक सञ्जालमार्फत हुने अपराध न्यूनीकरणका लागि साइबर क्राइमजस्ता कानुनहरु विद्यमान रहेको उल्लेख गर्दै यो विधेयक पेस गर्नुको कुनै तुक नरहेको बताए ।

"सामाजिक सञ्जाल विधेयकको कामै छैन । हुबहु फिर्ता लैजानुपर्छ । कसैले लाइक, कमेन्ट, सेयर गर्ने बित्तिकै जेल हाल्ने हो ? २००७ सालमा नेपालमा रेडियो खोलिएको हो । गोर्खापत्रको स्थापना त राणाकालमा भएको हो । सक्रिय पञ्चायतको बेला मुलुकमा टेलिभिजन खोलिएको छ । बोल्न पाउने अधिकारलाई ओलीले कुण्ठित गर्न सक्छन् जस्तो लाग्छ ? यदि त्यसो भयो भने संसद् र सडकबाट विरोध हुन्छ । त्यो विधेयक पेस गर्ने आवश्यकता नै छैन । अहिले पनि हामीसँग साइबर क्राइमको ऐन छ । ओली सरकारले गलत गरेको कुरा कसैले लाइक गर्‍यो, कमेन्ट गर्यो भने कारबाही हुने रे । जयजयकार गर्नको लागि गतिलो काम गर्नुपर्‍यो नि," उनले भने ।  

उनले सरकारले गरेका नराम्रा कामको आलोचना गर्दैमा कारबाही स्वीकार्य नहुने बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro