site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन सकेन : वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले अध्यादेश फेल हुने डरले सरकारले अघि बढाउन नचाहेको बताए । सोमबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले यस्तो दाबी गरेका हुन् । 

केही अध्यादेशमा जसपा नेपाल समेत असन्तुष्ट रहेको अवस्थामा फेल हुने डरले सरकारले अध्यादेश अघि बढाउन नचाहेको उनले बताए । जसपा नेपालले अध्यादेशमा समर्थन नजनाउने उनले दाबी गरे । 

पुनले प्रक्रियागत रूपले अध्यादेश गलत रहेको र अध्यादेशका केही अन्तवस्र्तुमा समेत त्रुटि रहेकाले सच्चाउनुपर्ने धारणा राखे । यसअघि माओवादी नेतृत्वको सरकारले अन्य दलसँगको परामर्शमा नै अध्यादेश ल्याएको भन्दै उाले अहिलेको सरकारले एकलौटी रूपमा छलफल नै नगरी अध्यादेश ल्याएको बताए । 

उपमहासचिव पुनले सरकारमा जान माओवादीलाई कुनै हतारो नरहेको र ८४ को निर्वाचनमा एक्लै चुनाव लड्ने गरी तयारी गरिरहेको धारणा राखे । 

सरकार परिवर्तनका निम्ति प्रधानमन्त्री बन्न कांग्रेस सभापति शेरबहादुर देउवालाई कुनै अफर नगरेको उनले बताए । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, माघ २८, २०८१  १७:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro