site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मछिन्द्रलाई टाइब्रेकरमा हराउँदै थ्री स्टार आहा रारा गोल्डकपको सेमिफाइनलमा

काठमाडौं । मछिन्द्र फुटबल क्लबविरुद्ध टाइब्रेकरमा ४–२ को जित निकाल्दै थ्री स्टार क्लब पोखरामा जारी २४औँ आहा रारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आइतबार कास्कीको पोखरास्थित पोखरा रंगशालामा सम्पन्न खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा समाप्त भएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट भएको हो ।

पेनाल्टीमा थ्री स्टारका फोडे फोफोना, दीपेश घले, लक्ष्मण रुचना र विराज महर्जनले गोल गरे । मछिन्द्रबाट भने दीवाकर चौधरी र सनिष श्रेष्ठले गोल गरे । विशाल घलान र आदित्य शाक्यको प्रहार भने गोलमा परिणत हुन सकेन ।

जितसँगै अन्तिम चारमा प्रवेश गरेको थ्री स्टारले अब भारतको थन्डरबोल्ड नर्थ युनाइटेड र ब्ला बुल्स एफसीबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १७:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro