site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
देवेन्द्र पौडेलको प्रश्न– मन्त्रालयले जग्गा प्लटिङ गर्ने हो ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले मन्त्रालयले जग्गा प्लटिङ गर्ने हो भन्दै प्रश्न गरेका छन् ।

आज प्रतिनिधिसभा बैठकमा उनले भूमिसम्बन्धी अध्यादेशबारे भने, “मन्त्रालयको स्वीकृतिमा किनबेच गर्ने हो जग्गा ? कहाँ छ यो व्यवस्था ? मन्त्रालयले प्लटिङ गर्ने हो ? यो विषय र प्रक्रियागत ढंगले विरोध गरेका हौँ ।”

पौडेलले थपे, “नदी, खोला किनार, निकुञ्ज आरक्षणको जग्गा पाउन सक्छन्, सुकुम्वासीले ? गरिब, किसानलाई अघि सारेर के गर्न खोजेको हो ?”

उनले सुकुम्वासीलाई जग्गा दिइए समर्थन गर्ने बताए । तर, अहिलेको अध्यादेशले सुकुम्वासीले मात्रै जग्गा पाउँछन् भन्ने प्रस्ट नगरेको उनको भनाइ छ ।

पौडेलले सामाजिक सञ्जालमा विधेयकप्रति भने आपत्ति जनाए । त्यस्तै, भ्रष्टाचारबारे उठेका कुरामा छानबिन समिति बनाएर अनुसन्धानका लागि प्रतिपक्ष तयार रहेको बताए । उनले अरूलाई पनि तयार रहन आग्रह गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १६:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro