site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सांसदको प्रश्न– आगलागीका घटना नियन्त्रण गर्न तयारी कस्तो छ ?
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (एमाले)का सांसद रघुजी पन्तले देशमा भएका आगलागी/डढेलोका घटनाबारेको जानकारी माग गरेका छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा उनले त्यस्ता घटना र सरकारको तयारीबारे जानकारी दिन सभामुखसँग ‘रुलिङ’को माग गरे ।

“म सभामुखबाट स्पष्ट रुलिङ चाहन्छु, बीचमा आगलागीका घटना केके भए – तिनको विस्तृत जानकारी यो संसद्लाई दिइयोस्,” उनले भने, “अब आगलागीका घटना नियन्त्रण गर्नका लागि सरकारको तयारी कस्तो छ ? गृहमन्त्रीले जानकारी दिनुपर्‍यो ।”

बाढीपहिरोबाट हुने क्षति न्यूनीकरणका निम्ति सम्पूर्ण तयारी गरिएको भनिएका बेला उद्धारका निम्ति हेलिकोप्टर उडाउन भिजिबिलिटी नभएको भन्ने गृहमन्त्रीको भनाइ उनले स्मरण गरे । “भिजिबिलिटी छैन भन्ने अवस्था नआओस्,” उनले भने ।
 

प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १५:५७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro