site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मनाङमा १० दिनदेखि डढेलो, अझै नियन्त्रणबाहिर

मनाङ । मनाङको चामे गाउँपालिका–१, तिमाङ जंगलमा लागेको डढेलो १० दिनसम्म पनि नियन्त्रण गर्न सकिएको छैन । यही माघ १८ गते बेलुकादेखि लागेको डढेलो जटिल भूगोलका कारण नियन्त्रणमा लिन नसकिएको मनाङका प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले बताए ।

उनका अनुसार, डढेलो नियन्त्रणका निम्ति जिल्लाका सबै सुरक्षा संयन्त्र परिचालन गरिएको छ । उनले भने, “डढेलो नियन्त्रणका लागि जिल्लाका सबै सुरक्षा निकाय परिचालन गरिएको छ । स्थानीयवासी पनि सक्रिय भएर जंगलमा खटिनुभएको छ । तर, हालसम्म नियन्त्रणमा लिन सकिएको छैन ।”

डढेलो समयमा नियन्त्रणमा लिन नसक्दा जंगलमा रहेका भेडा, च्यांग्रा, याक, चौँरीका चरन क्षेत्र नष्ट भएको उनले बताए ।

“आगलागी बस्तीभन्दा टाढाको जटिल भूगोलमा लागेको छ, यहाँ हावा चल्ने भएकाले पनि डढेलोको जोखिम बढ्न सक्ने अवस्था छ,” प्रजिअ आचार्यले भने, “साथै, राष्ट्रको गहनाका रूपमा रहेका राष्ट्रिय पन्छी डाँफेको वासस्थान र कोपिला लागेको लालीगुँरासको बोट नष्ट भएका छन् ।”

जान सक्ने स्थानसम्म पुगेर सुरक्षाकर्मी र स्थानीयले डढेलो निभाउने प्रयास गरिरहेका उनले जानकारी दिए । कठिन तथा जोखिम भीरको डढेलो नियन्त्रणमा समस्या भएको उनले बताए । बस्तीमा भने आगलागीको जोखिम नरहेको उनले उल्लेख गरे ।

यसअघि, ०७७ साल मंसिर २ गतेदेखि लागेको डढेलो दुई महिनापछि मात्र नियन्त्रणमा लिन सकिएको थियो । उक्त डढेलोका कारण मनाङको एक हजार २०० हेक्टर क्षेत्रफल वनजंगल नष्ट भएको थियो ।

तिमाङ जंगलमा लागेको डढेलो नियन्त्रणमा तीनै तहका सरकारले यथाशीघ्र प्रभावकारी पहल गर्नुपर्नेमा स्थानीयको जोड छ । रासस

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  १२:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro