site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केजरीवालले स्वीकार गरे पार्टीको पराजय

काठमाडौं । भारतको दिल्लीका पूर्वमुख्यमन्त्री एवं आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले दिल्ली विधानसभा निर्वाचनमा आफ्नो पार्टीको पराजय स्वीकार गरेका छन् । एक भिडियो सन्देशमार्फत उनले हार स्वीकार गरेका हुन् ।

उनले भारतीय जनता पार्टी (भाजपा)लाई बधाई पनि दिएका छन् । भाजपाले जनताको अपेक्षा पूरा गर्ने उनले आशा व्यक्त गरेका छन् ।

जनताले आफूहरूलाई १० वर्षसम्म मौका दिएको र यस अवधिमा धेरै काम गर्ने प्रयास गरेको उनले उल्लेख गरेका छन् । शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधारमा सुधार गर्ने आफूहरूले प्रयास गरेको उनको भनाइ छ ।

भविष्यमा पनि आफूहरूले जनताका निम्ति काम गरिरहने र रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनले बताए ।

मतगणना जारी छ । भाजपाले बहुमतको आँकडा पार गरेको प्रक्षेपण छ ।  भाजपा ४८ सिटमा अगाडि छ ।

आम आदमी पार्टी मात्र २२ सिटमा अगाडि छ । आम आदमीका धेरै ठूला नेता पछाडि परेका वा हारेका छन् ।

केजरीवाल आफैँ नयाँ दिल्लीबाट भाजपाका प्रवेश वर्माभन्दा करिब चार हजार मतान्तरले पछाडि छन् । बीबीसी हिन्दीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ २६, २०८१  १५:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro