site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कबाड व्यवसायीमाथि काठमाडौं महानगरको धरपकड रोक्न कांग्रेस सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसकी सांसद नागिना यादवले काठमाडौं महानगरपालिकाले कबाड व्यवसायीमाथि धरपकड गरिरहेको भन्दै उनीहरूको जिउधनको सुरक्षा गर्न माग गरेकी छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा उनले यस्तो बताएकी हुन् ।

काठमाडौं महानगरले कबाड व्यवसायीको भौतिक संरचनाको तोडफोड र धरपकड गरिरहेको उनले उल्लेख गरिन् । देशमा सञ्चालित उद्योगलाई आवश्यक कच्चापदार्थ आपूर्ति र व्यापार घाटा कम गर्न कबाड व्यवसायको महत्त्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो ।

व्यवसायीमाथि कुटपिट, गालीगलौजजस्ता अभद्र व्यवहार भइरहेको उनले बताइन् ।

”विगत एक वर्षदेखि काठमाडौं महानगरले कबाड व्यवसायीहरूलाई व्यापक तोडफोड गरिएको स्थिति छ । सामान जफत गरेको अवस्था छ,” उनले भनिन्, “त्यसैगरी, व्यवसायीहरूलाई कुटपिट, गालीगलौजजस्ता अभद्र व्यवहार समेत गर्दै आएको देखिन्छ ।”

यस्तो अराजक गतिविधि रोक्नुपर्ने उनले माग गरिन् । “दर्ता भई आफ्नो काम गर्दै आइरहेका कबाड व्यवसायीमाथि भइरहेको यस्ता अराजक गतिविधिमा रोक लगाई कबाड व्यवसायीहरूको जिउधनको सुरक्षाको माग गर्दछु ।” न्युज एजेन्सी नेपालबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ २५, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro